Latest news

गरीवको सारथी वन्दै नमुना सामाजिक उद्यम सुखावती स्टोर – डिल्लीराम बॉस्तोला

सामाजिक उद्यमको परिचय

सामाजिक उद्यम  (Social Enteprises­) के हो भन्ने सम्बन्धमा आजसम्म सर्वमान्य परिभाषा छैन विश्वव्यापिरुपमा अवधारणागत अस्प्रष्ट्रता छ, आ आफ्नै तवरले परिभाषित गर्ने गरिएको पाईन्छ । देश, समाज र परिवेश अनुरुप यसलाई फरक फरक तवरको बुझाई पाईन्छ तथापि मुलतः नाफा वितरणको आधारमा सामाजिक उद्यम र नीजि व्यवसाय विचको फरक छुट्याउन सकिन्छ ।  सामाजिक उद्यमको ध्येय समाजको विकासमा योगदान गर्नु हो भने नीजि व्यवसायको ध्येय आफ्ना शेयरहोल्डलरहरुको नाफा वृद्धि गर्नु हो । अर्को शव्दमा भन्ने हो भने सामाजिक उद्यम भन्नाले स्वच्छ प्रतिस्पर्धामा आधारित व्यवसाय, वातावरण मैत्री व्यवसाय र समाजका सिमान्तकृत व्यक्तिहरुलाई सहयोग गर्ने व्यवसाय भन्न सकिन्छ ।

सामाजिक उद्यम ( Social Enteprises) बजारको एक यस्तो अवधारणा हो जस्ले व्यवसायवाट हुने नाफा भन्दा त्यसवाट समाजमा परेको प्रभावलाई वढी महत्व दिन्छ । यस्तो व्यवसाय जस्ले आफुले आर्जन गरेको नाफा समाजका निश्चित वर्ग र समुदाय लाभान्वीत हुने गरी खर्च गर्दछ त्यो नै सामाजिक उद्यम हो । यस्को सफलतालाई यस्ले समाजमा कस्तो प्रभाव श्रृजना गरेको छ सोहि आधारमा मुल्यांकन गर्न सकिन्छ  नकि त्यस्ले आर्जन गरेको नाफा ।

सामाजिक उद्यमलाई यस्का विशेषताको आधारमा पनि बुझ्न सकिन्छ । यस्का विशेषताहरुमा अरुलाई सहयोग गर्नु, सामाजीक मुल्य श्रृजना गर्नु, सकारात्मक सामाजिक प्रभाव, दिगोपन, मुल्य मान्यता (ethics) मा आधारित, नवप्रर्वधन मुख्य हुन ।  यस्ता संस्थाले पनि आर्थिक आत्मनिर्भर भै दिगोरुपमा संस्था सञ्चालन गर्न सिमित नाफाको उद्धेश्य राख्दछन् तथापि त्यस्तो आर्जित  नाफा अरुको हितमा खर्च गर्ने र खासगरी आर्थिक सामाजिकरुपमा पछि परेका वा विशेष परिस्थिति परि आकस्मीक समस्यामा परेका व्यक्ति तथा समुदायको हित तर्फ लक्षीत गरी खर्च गर्ने गरेको पाईन्छ ।

समाज विकासक्रम संगै समाज सुधारका विविध प्रयासहरु हुदै आएका पाईन्छ । वैदिक धर्म,संस्कृति र परम्परा अध्ययन गर्दा प्राचिक काल देखि नै  बसुधैव कुटुम्बकम, सर्वजनहितय सर्वजन सुखाय र परोपकार पुण्याय पापाय परपिडनम् जस्ता मुल्य मान्यताले समाजलाई निर्देशित गरि आएको पाईन्छ  तथापि आधुनिक कालमा खासगरी सन् २००४ पछि चिनमा भएका अनेक सभा सम्मेलन पश्चात  सामाजिक उद्यम सम्बन्धी अवधारणा सतहमा आएको हो । 

विश्वका केही चर्चित सामाजिक उद्यमहरुमा अशोका, ग्रामिण विकास बैंक, व्युटीफुल स्टोर, मलाला फन्ड, सेभेन्थ जेनेरेशन, टोम्स सु, सेफ प्वाईन्ट ट्रष्ट, आईफार्मर, वर्क फर इम्प्याक्ट, इरा९२, नेष्ट, सिट्टी आदिलाई लिन सकिन्छ ।

नेपालमा सामाजिक उद्यमः

नेपालमा प्राचिन समय देखि कुनै न कुनै प्रकारले सामाजिक व्यावसायिक संस्था सञ्चालनमा रहेको पाईन्छ, गुठी प्रणालीलाई यस्को उदाहरणकोरुपमा लिन सकिन्छ । ईतिहास अध्ययन गर्दा प्राचिन काल, मल्लकाल र आधुनिक कालमा समाज सुधारका क्षेत्रमा केही न केही कार्य हुदै आएको पाईन्छ । समाज कल्याण ऐन २०३४ बमोजिम स्थापित समाज कल्याण परिषदले सामाजिक कल्याणसंग सम्बन्धित कार्यबाट देशको सर्वाडगीण विकासमा टेवा पुर्याउनका लागि सम्बन्धित मन्त्रालय तथा सामाजिक संघ संस्थाहरु मार्फत समाज कल्याण कार्यक्रम सञ्चालन गर्ने उद्धेश्य राखेको पाईछ । मन, बचन र कर्मले सेवा गरौं भन्ने मुल मन्त्रका साथ स्थापित समाज कल्याण परिषद अन्तर्गत हालसम्म ५०,३५८ स्थानीय गैह्र सरकारी संस्था र २७० वटा अन्तर्राष्ट्रिय गैह्र सरकारी संस्था दर्ता भै कार्य गरि रहेको  छन् ।  यी संस्थाहरु मध्ये ९५ प्रतिशत भन्दा वढी दातामुखि रहेका पाईन्छ । हालैका दिनमा अन्र्तराष्ट्रिय समुदायले गैह्र सरकारी संस्थाहरुलाई गर्ने सहयोगको मात्रा घटाउदै लगेका छन् । यस परिवेशमा आगामी दिनमा आत्मनिर्भर सामाजिक उद्यमको महत्व अझैं वढ्दै जाने देखिन्छ ।

सामाजिक उद्यम सम्बन्धी अवधारणा नेपालको सन्दर्भमा एक नविन विषय हो । नेपालमा औपचारिकरुपमा भने यो अवधारणा सन् २००८ तिर शुरु भएको हो । केही उद्यमीहरुले कार्यशाला गोष्ठीनै आयोजना गरेर यसलाई अघि सारेका थिए  ।

हाल शिक्षा, वालस्वास्थ्य, वातावरण संरक्षण, महिला, फरक क्षमता भएका व्यक्ती, सामाजिक समस्या, युवा, विद्यार्थि, वेरोजगारी, गरीवि न्यूनिकरण, कृषिजन्य उत्पादन, नविनतम प्रविधि, सीप विकास, हस्तकला, कृषि जस्ता क्षेत्रमा सामाजिक संस्थाहरु कृयाशिल रहेको पाईन्छ ।

सामाजिक उद्यमका क्षेत्रमा क्रियाशिल केही नेपाली संस्थाहरुमा सुखावती स्टोर, स्मार्ट पानी (पानीको दिगो व्यवस्थापन), विरुवा भेन्चर (उद्यमशिलता प्रवर्धन परामर्श), विहानी सोसियल भेन्चर ( जेष्ठ नागरिक ), एक्सन वर्क नेपाल ( जोखिममा परेका तथा पिछडिएका समुह), एन्थ्रोपोज (मोतिविन्दु), छहारी सर्भिस (महिला शसक्तिकरण), डोको रिसाइकल (फोहोर व्यवस्थापन)  रहेका छन् ।

त्यसै गरी  कम्युनिटि होमस्टे डप कम (पर्यटन प्रवर्धन), फ्रेन्डस ह्यान्डीक्राफ्टस (महिला सिप तालिम), हाम्री वहिनी (वातावरण), खालिशिशि (फोहोर व्यवस्थापन), मितेरी रिसाइकल (वातावरण, महिला शसक्तिकरण ), द लोकल प्रोजेक्ट नेपाल (हस्तकला), जावलाखेल ह्यान्ड्रीक्राफ्ट सेन्टर (हस्तकला,गलैंचा उत्पादन ), द भिलेज क्याफे पाटन (महिला सीप विकास, शसक्तिकरण), सिइङ ह्यान्डस क्लिनिक (दृष्टिविहिन सीप विकास), सारङ्गी भेजिटेरियन रेष्टुरेन्ट ( गाईने जातिको परम्परागत सीप कला संरक्षण ) लाई समेत लिन सकिन्छ ।

यसका अलावा यस प्रकारका अन्य संस्थाहरुमा हाइयर ग्राउन्ड पाटन (महिला शसक्तिकरण, सीप विकास), द क्याफे विथ नो नेम (बालविकास, सडक वाललिका), महागुठी क्राफ्ट विथ कनसाईन्स ( महिला तथा वालवालिका), ढुकुटी (आर्ट, क्राफ्ट), केटिएम हाट ( हस्तकला सामान, चिया लगायत नेपाली उत्पादन विक्रि), तिम्रो कन्सेप्ट (नेपाली व्रान्डका थरी थरी डिजाईन तथा हस्तकला सामाग्री उत्पादन विक्रि) जस्ता संस्थाहरुलाई लिन सकिन्छ । किङस कलेजले समेत यस क्षेत्रमा अध्ययन अनुसन्धान कार्य गर्ने गरेको पाईन्छ । त्यसैगरी सम्वृद्धि, आइडिया स्टुडयो, अन्तरप्रेरणा, स्टार्टअपस नेपाल, वन टु वाच, नेक्स्ट, सामर्थ, डोल्मा इम्प्याक्ट फन्ड, रक्स स्टार्ट लगायतका करिव ५० सामाजिक कम्पनीहरु नेपालमा विभिन्न क्षेत्रमा क्रियाशिल रहेको पाईन्छ ।

नेपालमा सामाजिक उद्धम वा कम्पनी  (social enterprises) कस्लाई भन्ने यस्का आधार के हुन भन्नेवारे स्प्रष्ट सरकारी नीति नै छैन । स्प्रष्ट्र कानूनी प्रवन्ध नै नभएको अवस्थामा सामाजिक उद्यम स्थापना तथा सञ्चालनमा समेत अनेक वाधा अडचन झेल्नु पर्ने अवस्था छ  तथापि केही उत्साहि उद्यमीहरुले समाज सेवाको उद्धेश्यले विभिन्न क्षेत्रमा शुरु गरेका नविन  तथा नवप्रवर्धनात्मक व्यवसायहरुले सुखद भविष्यको संकेत गरेका छन् । यस्को ज्वलन्त उदाहरणकोरुपमा सुखावती स्टोरलाई लिन सकिन्छ ।

सुखावती स्टोर स्थापना उद्धेश्य, मुल्य र मान्यताहरु

सुखावती स्टोर कम्पनी ऐन वमोजिम वि.सं २०७३ मा स्थापित एक गैह्र नाफामुलक व्यावसायिक सामाजिक कम्पनी (social enterprises) हो । यस संस्थाले ूएकको बेकार अर्काको सरोकारू  भन्ने नारा नै तय गरि प्रयोगयोग्य तर प्रयोगमा नरहेका सामाग्रीहरु ( पुराना तथा च्यातिएका तथा फाटेका सामाग्रीहरु जस्तो की लत्ता कपडा, पुस्तक, झोला, भान्छा वा घरायसी प्रयोजनमा प्रयोग हुने भांडा कुंडा, सजावटका सामाग्री, खेलौना, जुत्ता चप्पल, फनिैचर आदि  सामाग्रीहरु संकलन तथा  प्रशोधन गरि आफ्ना पसलहरुवाट न्यूनतम मुल्यमा विक्रि गर्ने, त्यसरी संकलन, प्रशोधन तथा विक्रि प्रकृयावाट बचत भएको नाफा रकम सामाजिक हित वा मानव सेवाका कार्यहरुमा खर्च गर्ने  गर्दछ ।

प्रतिक चिन्ह (लोगो) वाटै सुखावती स्टोरवारे बुझ्न सकिन्छ । यस लोगोमा मानव मुटु, मानिस र रुखको पात अंकित छ । मुटुले अरुलाई हेरविचार गर्ने, बांडने, फिंजाउने र मानव जाती प्रतिको सम्बन्ध देखाउदछ । लोगोमा रहेको रुखको पातले वातावरणलाई संकेत गर्दछ अर्थात वातावरण र पृथ्वीप्रतिको आफ्नो जिम्मेवारी संकेत गर्दछ भने लोगोमा रहेको मानिसको चित्रले आदर सम्मान तथा एकाकार भै अरुको हितको लागि कार्य गर्ने भन्ने बुझिन्छ । समग्रमा सुखावतीको लोगोले मानव जाती र प्रकृति प्रति सम्मान, सेवा, सहयोग र संरक्षण प्रति प्रतिवद्ध संस्था भन्ने भाव प्रकट गर्दछ । 

सुखावतीको शाव्दीक अर्थ भने (Land of bliss) अर्थात परम आनन्द वा आनन्दीत वा आनन्दभूमि  भन्ने रहन्छ जहां सवैजना खुशी रहन्छन् ।  यसरी हेर्दा सुखावती स्टोर एक यस्तो संस्था हो जस्ले मानिस र वातावरण अर्थात people र planet को फायदा वा खुशीको लागि कार्य गर्दछ ।

यस संस्थाको मुख्य उद्धेश्य भनेको  मानव कल्याण, रोजगारी श्रृजना र खेर गैरहेको सामाग्रीको यथासंभव पुनः प्रयोग (Giving and taking वा Sharing culture) गर्ने संस्कृतिलाई वढावा दिदै वातावरण संरक्षणमा योगदान दिनु हो । सुखावती स्टोरले सुन्य फोहोरको अवधारणा कार्यान्वयन मा ल्याएको छ । यहां प्राप्त हुने कुनै पनि सामाग्री फोहोरकोरुपमा कहिं कतै पठाइदैन ।

प्राचिन सामाजिक मान्यता र सुखावती स्टोरको लक्ष्य

हजारौं वर्ष अगाडि प्रचिन ऋषिमुनिहरुले भनेका थिए

सर्वे भवन्तु सुखिनःसर्वे सन्तु निरामयाः।

सर्वे भद्राणि पश्यन्तु मा कश्चिद्दुःखभाग्भवेत।

अर्थात संसारका सवै प्राणी ( जीवजन्तु,पशु,पंक्षि,मनुष्य) सुखी रहुंन, निरोगि रहुन, सवैलाई मंगल कार्यमा सहभागि वन्ने अवसर मिलोस तथा कसैलाई पनि कुनै प्रकारको दुःख नपरोस् भन्ने यस्को अर्थ हो ।

प्र्राचिन देवभाषा संस्कृतमा लेखिएको सारगर्वित यो श्लोकको अर्थ अत्यन्त व्यापक र महत्वपुर्ण छ । सारभुतरुपमा भन्ने हो भने यो मन्त्रको अर्थ  सारा समाज एक साथ मिलिजुली वसुन र परोपकारी भावले एक अर्काको दुःख र सुखमा सहयोगि वन्न सकुन भन्ने नै हो । यस मर्मलाई आत्मसाथ गर्दै आफ्नो तर्फवाट सिमित मात्रामै भए पनि योगदान गर्न सुखावती स्टोर क्रियाशिल छ ।

बर्तमान समयमा एकातिर विज्ञान र प्रविधिको विकासले सारा संसारनै एक गाउंमा रुपान्तरित भएंको छ  भने अर्को तर्फ व्यवहारमा भने कविशिरोमणी लेखनाथ पौड्यालले भने जस्तो मै खाउँ  मै लाउँ सुख सयल वा मोज म गरू म हासुँ मै नाचुँ अरु सव मरुन दुर्बलहरु जस्ता स्वार्थि भावले आजको समाज ग्रसित हुदै गएको छ् । हुने खाने र हुदा खाने वीचको फासला फराकिलो हुदै गएको छ । लाखौं युवाहरु रोजगारीका लागि विदेशिएका छन् । गरिव तथा सिमान्तकृत वर्गहरु नाना, माना र छाना जस्ता आधारभुत विषयका लागि संघर्षरत छन, परदेशिएका छन ्भने सिमित व्यक्तिहरु रातारात सम्रान्त जीवन बांच्न सक्षम भै रहेका छन् । अझ महत्वपुर्ण कुरा के छ भने प्राकृतिक श्रोत माथिको अति दोहन तथा कल कारखानावाट श्रृजित हानिकारक ग्यांस तथा फोहोरमैला व्यवस्थापनमा भएको असावधानि समेतका कारण जलवायु परिवर्तन तथा विश्वव्यापि तापमान वृद्धि  भै विश्व नै संकटापन्न अवस्थामा गुज्रीरहेको छ ।

संस्कृतमा एउटा भनाई छ सेवा हि परमो यतो धर्म ततो जय

सक्ने वा हुनेले नहुने वा कमजोरलाई सहयोग वा सेवा गर्नु परम धर्म हो भनिएको छ । आफ्नो व्यवस्था त जनावरले पनि आफैं गर्दछ तर संसारको सर्वश्रेष्ठ प्राणाी मानवले दिन दुखीहरुलाई सहयोग, सेवा गर्नु पर्दछ ।

अठार पुराणको सार खिच्दै वेदव्यास भन्दछन् ।  परोपकार पुण्याय पापाय परपिडनम् अर्थात अर्काको उपकार गर्नु पुण्य हो र अर्कालाई दुःख दिनु पाप हो ।

माथि उल्लेख भए झैं विभिन्न ऋषिमुनी, विद्वान तथा समाजसेवीहरुले सदियौं देखि दिएका नैतिक आध्यात्मीक र सामाजिक संहितालाई अनुसरण गर्दै कर्तव्यपथमा अघि वढनु आजका पुस्ताको धर्म हो । यसै तथ्यलाई मध्यनजर गरि आफैंबाट परोपकारी काम शुरु गर्नु पर्छ भन्ने मान्यता अनुसरण गरि आफ्नै बस्ती, गाउं, शहर, समाजमा कसैका लागि प्रयोजन हिन वा काम नलाग्ने भै छरिएर रहेको वा बेवास्ता गरिएको श्रोतहरु संकलन प्रशोधन गरी त्यस्ता सामाग्री प्रयोग गर्न इच्छुक अरु कसैका लागि  पुनः प्रयोगार्थ उपलव्ध गराउन पुलको काम गरि समाज सेवा गर्न संभव छ  भन्ने आत्मविश्वासका साथ सुखावती स्टोरले समन्वयकारी भूमिका निर्वाह गर्दै आएको छ ।  स्वच्छ, सुखी र सुन्दर संसार निर्माणको परिकल्पनालाई केन्द्रमा राखेर सुखावती स्टोरले  गरीवि न्यूनिकरण, वातावरण  संरक्षण र रोजगारी सृजनाका निमित्त दिगोरुपमा सामाजिक उद्यम सञ्चालन गर्ने लक्ष्य लिएकोे छ । यसका लागि आर्थिक सामाजिक दृष्टिले पछि परेका वर्ग समुहलाई लक्षित गरि उनिहरुको आयआर्जन, रोजगारी, स्वास्थय, शिक्षा, जीविकोपार्जनमा यथासंभव सहयोग गर्दै आएको छ । यस्का साथै वातावरण प्रदुषण न्यूनीकरणलाई केन्द्रमा राखेर विभिन्न व्यक्ति, संघ संस्था सरकारी तथा गैह्रसरकारी क्षेत्रसंगको सहकार्यमा  वातावरणीय सचेतना अभिवृद्धि, पैरवि सम्बन्धी कार्य गर्ने गराउने गर्दछ । उल्लेखित कार्यका अलावा ग्रामिण क्षेत्रमा रहेका अर्गानिक कृषिजन्य उत्पादन, संकलन तथा स्थानीयवासीहरुले स्थानीय श्रोत, साधन र परम्परागत सीप प्रयोग गरी उत्पादित बस्तुहरु उचितमुल्यमा  खरिद गरि बजारीकरण गर्ने कार्यमा समेत यो स्टोरले भूमिका निर्वाह गर्ने जर्मको गरेको छ । जसवाट ग्रामिण क्षेत्रका सर्वसाधारण व्यक्तिहरु आर्थिक आय आर्जन गरी आत्मनिर्भर बन्न सघाउ पुग्ने गर्दछ ।

अर्को शव्दमा भन्ने हो भने व्यक्ती र परिवार भन्दा माथि उठेर वसुधैव कुटुम्बकम् ( संसारनै एक परिवार हो ) को परहितकारी मानवतावादी मुल मर्मलाई आफ्नो क्षमताले भ्याएसम्म आत्मसाथ गर्न सुखावति स्टोर उद्धत छ ।

सुखावती स्टोरको विकास क्रम

बैदेशिक रोजगारीको सिलसिलामा लामो समय दक्षिण कोरियामा बसेर फर्केका उत्साही युवा चिजमान गुरुङको अगुवाईमा शुरुवात गरि यहांसम्म आइपुग्न सुखावतीले अनेक उकाली ओराली पार गर्नु परेको छ । नेपाली समाजमा विल्कुल नयां जस्तो देखिने सामाजिक अभिप्रायले स्थापित सेकेन्ड ह्यान्ड सामानकोे पहिलो  पसल सन् २०१४मा बसुन्धरामा खोलिएको थियो । दोश्रो च्यारीटि सप २०१४ मै गोंगवुको म्हैपी मा खोलिएको थियो ।सन् २०१५ मै म्हैपी मा स्थापित तेश्रो पसल थियो । पाचौं पसल सन २०१७ मा सामाखुशी टाउन प्लानिङमा स्थापना भयो छैठौं पसल सामाखुशी टाउन प्लानिङमै स्थापना गरि सन् २०१८मा स्थापना गरिएको थियो । हालः बनस्थली,नेपालटार र झम्सीखेलमा गरी ३ वटा स्टोर सञ्चालनमा रहेका छन् ।

सुखावतीस्टोर के हो भन्ने सन्दर्भमा माथि विवेचना भै सकेको छ अव स्टोरले कसरी काम गर्दछ भन्ने तर्फ चर्चा गरौं ।

डोनेशन संकलन तथा विक्रि

लामो समय बैदेशिक रोजगारीका सिलसिलामा दक्षिण कोरियामा रहदा त्यहांको व्युटीफुल स्टोर जस्ता सामाजिक उद्यम देखेर यसरी पनि सेवा गर्न सकिन्छ भन्दै  सुखावती स्टोर स्थापित भएको हो ।  यस संस्थाको मुख्य कार्यालय काठमाडौंको बनस्थलीमा  रहेको  छ भने सुखावती स्टोरका हालसंचालनमा रहेका स्टोरमा बनस्थली, नेपालटार र झम्सीखेल गरि तिनवटा स्टोरहरु रहेका छन् ती स्टोरहरुमा दातावाट प्रदान गरिएका सामाग्री संकलन तथा सामाग्री विक्रि गर्ने गरिन्छ ।

दातावाट उपहार स्वरुप प्राप्त संकलनका लागि हालसम्म उपत्यका भित्र १२ स्थानमा डोनेशन वक्स राखिएको छ । दान गर्न ईच्छुक व्यक्तिले आफुलाई पाएक पर्ने स्थानमा रहेका बक्सहरुमा स्वेच्छाले सामाग्री राख्न वा खसाल्न सकिन्छ । अधिकांश दाताहरुले कम्पनीको कर्मचारीहरुलाई सम्पर्क गरी डोनेशन आफ्नै घर वा कार्यालयवाट संकलनका लागि अनुरोध गर्ने गर्दछन् । यस्तो अवस्थामा कम्पनीले कर्मचारीले त्यस्तो सामाग्री संकलन गरि कम्पनी कार्यालयमा ल्याउने गर्दछन् । कतिपय व्यक्तिहरुले भने आफ्नै सवारी साधनवाट त्यस्तो सामाग्री पायक पर्ने स्टोरमा वा कम्पनीको केन्द्रीय कार्यालयमा आफैं ल्याएर दिने गरेका छन् । यसरी प्राप्त सामाग्रीको तौल तथा दाताको विवरण समेतको अभिलेख राख्ने गरिन्छ । सुखावती स्टोर सस्तो पसल वा रु.१० मा कपडा पाइने पसलकोरुपमा जनमानसमा ख्याती आर्जन गरिसकेको, सामाजिक सञ्जाल जस्तो फेसवुक, ट्वीटर, टिकटक, युट्युव, पत्रपत्रिका वा अन्य आम सञ्चारमाध्यम, व्रोसर, ईमेलवाट समेत सुखावती स्टोर वारे जानकारी प्राप्त गरि दान दिन चाहने वा सामाग्री खरिद गर्न चाहने व्यक्तिहरु खोज्दै आउने गरेको समेत पाईन्छ ।

यसरी दातावाट सहयोगस्वरुप प्राप्त सामाग्रीहरु कम्पनीको मुख्य स्टोर बसुन्धरामा संकलन गरि छनौट तथा प्रशोधन गरिन्छ । छनौट गर्दा सिधै विक्रीका लागि स्टोरमा पठाउन सकिने, सामान्य मर्मत संभार गरी स्टोरमा पठाउन सकिने,अपसाईक्लीङ गर्नेु पर्ने वा रिसाईकल गरि (धुल्याएर) सिरक डसना आदि बनाउन सकिने लाई छुट्टा छट्टै राख्ने गरिन्छ । सिधै विक्रि वितरण गर्न सकिने सामाग्रीलाई गुणस्तर अनुसार न्यूनतम रु १० र सो  देखि माथि अधिकतम रु.३५० सम्म सुपथ मुल्य कायम गरि ट्यागीङ गरी गोदाममा राखिन्छ र गोदामवाट आवश्यकतानुसार सम्बन्धीत स्टोरमा विक्रिका लागि पठाईन्छ । सुधार वा रुप डिजाइन परिवर्तन गर्नु पर्नेको हकमा  आवश्यकतानुसार अपसाईक्लीङ युनिटमा पठाईन्छ  र तयार भए पछि ट्यागीङ  गरी गोदाम मार्फत विक्रिका लागि स्टोरमा पठाईन्छ ।

स्टोरको सञ्चालन खर्च व्यवस्थापनका तरिकाहरु

कुनै पनि संस्था दिगोरुपमा सञ्चालनका लागि आर्थिक आत्मनिर्भर हुन जरुरी भएकोले सुखावती स्टोरले अर्थ संकलनका लागि विभिन्न उपाय अवलम्वन गरेको छ । जसमा दातावाट उपहारस्वरुप प्राप्त सामाग्रीहरु आफ्ना स्टोरहरुवाट विक्रि वितरण गर्ने,अपसाईक्लीङ गरी तयार भएका बस्तुहरु विक्रि गर्ने, क्यान, गमला, शिशा, विर्को आदिवाट कलात्मक पेन्ट सहितको  पेनवक्स, फुलदानी, गुडिया, गुच्छा, खेलौना,हस्तकलाका  वा सजावटका सामान वा स साना उपहार बस्तु बनाइ विक्रि गर्दा प्राप्त भएको रकम नै यस्को मुख्य आयश्रोत हो । नयां वर्ष, दशैं, कृसमस जस्ता पर्वहरुमा आफैंले उत्पादन गरेका सामागी्रहरु मेला तथा व्यापारिक मलहरुमा सानो स्टल राखि प्रदर्शन तथा विक्रि वितरण समेत गर्ने गरिएको छ । साथै सिजनल तरकारी, फलफुल विक्रीवाट आएको रकम र दाताहरुले सहयोगस्वरुप दिएका रकम पनि यस्को आयश्रोत हो ।

स्टोरले स्थापनाकाल देखि सन् २०२२ को अन्तसम्म ५७,१०७ के.जी सामाग्री संकलन गरि विक्रि वितरण गरि पुनः प्रयोगमा ल्याएको छ । विक्रिवाट गत आ.व २०७८र७९ मा ४२ लाख १३ हजार रुपैंया आम्दानी भएको छ भने सो आ.ब.मा ३७,७४,००० रुपैंया खर्च भएको छ । स्टोरको प्रचार प्रसार र लोकप्रियता वृद्धि संगे संकलन गर्ने सामाग्री (डोनेशन) पछिल्लो समय क्रमश वढोत्तरी हुदै गै रहेको छ । सन् २०२३ को मार्च महिनामा मात्र ४३०० के.जि सामाग्री संकलन गरेको छ । मार्च महिनामा मात्र स्टोर आउने ग्राहक मध्ये करिव १५०० जनाले ६००० पिस सामाग्री खरिद गरेका छन् । यसवाट २०२३ को मार्च महिनामा मात्र रु.४,६१,००० आम्दानी भएको छ । जवकी पछिल्लो समय मासिक सरदर ५,००,०००। सञ्चालन खर्च लाग्ने गरेको छ । पछिल्लो समय स्टोर तथा जनशक्ति थप समेतका कारणले पारिश्रमिक, घरभाडा, यातायात लगायतका शिर्षकमा खर्च वृद्धि भएको छ । सञ्चालन खर्च धानेर थप केहि रकम बचत हुने अवस्था श्रृजनाका लागि अझै थप मिहेनत जरुरी छ ताकि सञ्चालन खर्च कटाई बचत हुन आउने रकम दुर्गम क्षेत्रका वालवालिकाको शिक्षा, स्वास्थ्य, मानवीय सहयोग तथा आकस्मीक सहयोग जस्ता क्षेत्रमा खर्च गर्न सहयोग पुगोस् । 

सुखावती स्टोरमा हाल १३ जना व्यक्तिहरुले (अधिकांश महिला तथा फरक क्षमता भएका व्यक्ति) पूर्णकालिन प्रत्यक्ष  रोजगारी पाएका छन् । २० जना महिलालाइ सीपमुलक तालिम प्रदान गरि स्वरोजगार वन्न उत्प्रेरित गरेको छ ।  महिला रोजगारी तथा तालिमवाट महिला सशक्तीकरणमा टेवा मिलेको छ ।

.सरसफाई तथा फोहोर मैला व्यवस्थापन,  रक्तदान, ट्राफिक सचेतना जस्ता कार्यमा हालसम्म  ३०० जना स्वयंसेवक परिचालन गरिएको छ । यसवाट करिव ५००० भन्दा वढि मानिसहरुलाई सचेतना अभिवृद्धि गरिएको छ ।

मानविय सहयोग अन्तर्गत मानव सेवा आश्रमलाई एक वर्षको लागि एक जना स्वास्थ्यकर्मी (नर्स)को व्यवस्था मिलाई सहयोग गरिएको छ ।.नेपालीहरुको मुख्य पर्व वडादशैंको अवसरमा अतिविपन्न, एकल महिला तथा अशक्त व्यक्तिहरुलाई हाम्रो पनि दशैं कार्यक्रम अन्तर्गत प्रत्येक वर्ष ३० जनालाई खाद्यान्न तथा नगद सहयोग उपलव्ध गराउने गरिएको छ ।

सुखावती स्टोरले न्यानो माया कार्यक्रम अन्तर्गत दुर्गम हिमाली मुगु जिल्लाका विभिन्न उमेर समुहका ४५ जना वालवालिकाहरुलाई न्यानो लत्ता कपडाहरु वितरण गरेको छ । टुहुरा वालवालिका स्याहार केन्द्र (orphanage center ) , अपांग सेवा समाज  जस्ता संस्थावाट माग भै आएको अवस्थामा आवश्यकता र औचित्यको आधारमा खाद्यान्न , लत्ता कपडा सहयोग गर्ने गरिएको छ ।

अतिविपन्न,असहाय र टुहुरा २३ जना वालवालिकाहरुलाई शैक्षिक सहयोग प्रदान गरिएको छ । सन् २०१५ को विनासकारी भुकम्पवाट आमा गुमाएको र वुवा अपांग भै समस्यामा परेका भक्तपुरका २ जना वाल वालिकालाई कक्षा ८ देखि नै खाद्यान्न, स्टेशनरी, विद्यालयको शुल्क, लत्ता कपडा लगायत आवश्यक सम्पूर्ण खर्च यस संस्थाले व्यहोर्दै आएको छ । उल्लेखित वालवालिकामध्ये एक जना हाल एमविविएसमा अध्ययनरत छन् भने अर्को एक जना भक्तपुरमा व्यवस्थापन संकायमा स्नातक तहमा अध्ययनरत रहेका छन् ।

सुखावती स्टोरले नेपालमा सामाजिक उद्यमको क्षेत्रमा एक उदियमान संस्थाकोरुपमा सामाजिक उद्यमको तिन खम्वे अवधारणा आत्मसाथ गर्दैे  थ्रि पि (पिपुल, प्लानेट र प्रोफिट) एवं थ्रि आर ( रिड्युस, रियुज र रिसाईकल) को नीति अवलम्वन गर्दै आएको छ । जसमा पिपुल  अर्थात आवश्यक पर्ने नागरिकको लागि सुपथ मुल्यमा आवश्यक सामाग्री उपलव्ध गराएको छ, महिला तथा फरक क्षमता भएकाहरुलाई प्राथमिकतामा राखेर रोजगार उपलव्ध गराएको छ, दान दिने र दानवाट प्राप्त सामाग्री पुनः प्रयोग गर्ने संस्कारको विकासमा टेवा पुर्याएको छ ।

त्यसै गरि प्लानेट अर्थात वातावरणका दृष्टिले सकारात्मक योगदान दिने भन्ने बुझिन्छ ।  फोहोरकोरुपमा डम्पिङ साईट जाने हजारौं के.जि सामाग्री पुनः प्रयोग हुने अवस्था श्रृजना भै वातावरण प्रदुषण न्यूनीकरणमा महत्वपुर्ण टेवा दिएको छ, फोहोरबाट श्रृजना हुने हानिकारक ग्यांस कार्वनडाइ अक्साइन उत्सर्जन न्यूनीकरण भएको छ र यसरी  वातावरण संरक्षणमा योगदान भएको छ ।

तेश्रो खम्वा प्रोफिट अर्थात वित्तिय फाईदा वा नाफा भन्नाले कम्पनीले आर्थिकरुपले आत्मनिर्भर भै नाफा आर्जन हुने विषयका अलावा, स्थानिय अर्थतन्त्रमा सकारात्मक प्रभाव पार्ने , स्थानीयस्तरमा पर्यटन प्रवद्र्धन हुने, स्वच्छ व्यापार, पारदर्शि तवरले कर तिर्ने, पिछडिएका क्षेत्रका तथा गरिव स्कुले वालवालिकाहरुलाई पोषण, शिक्षा तथा स्वास्थयमा सहयोग गर्ने विषयहरु समेत पर्दछन् ।  यि प्रत्येक खम्वामा सुखावतीले कसरी योगदान गरेको छ भन्ने उदाहरण सहित माथि उल्लेख भै सकेको छ ।  सुखावतीका लागि यि तिनवटै खम्वा समानरुपमा उत्तिकै महत्वपुर्ण छन् ।

सुखावतीले अनुसरण गरेको अर्को सिद्धान्त थ्रि आर सिद्धान्त हो जस अन्तर्गत रिड्युस, रियुज र रिसाईकल पर्दछन् । रिड्युस भन्नाले फोहोर रिड्युस गर्ने अर्थात श्रृजना हुने फोहोर घटाउने,  रियुज भन्नाले संभाव्य फोहोरका श्रोतलाई सकेसम्म सावधानिपुर्वक पुनःप्रयोग गर्ने बानी विकास गरी हामिले श्रृजना गर्ने फोहोर  घटाउने वा न्यूनीकरण गर्ने भन्ने बुझिन्छ । रिसाईकल भन्नाले नयां उपाय अवलम्वन गरी वा त्यस्तो फोहोरजन्य वस्तु प्रशोधन गरी  आकर्षक तथा उपयोगि वस्तु बनाई फोहोर घटाउने भन्ने बुझिन्छ । काम नलाग्ने बस्तुहरुलाई प्रविधिको सहयोगमा रिसाईकल वा अपसाईकल गरि त्यस्ता सामाग्रीवाट आकर्षक ड्रेस, वा सजावटका वस्तु, कुर्चि टेवल, डस्टविन आदि वनाउन सकिन्छ ।

यसरी डम्पीङ साईट जाने फोहोरलाइ नविनतम सोंच, संस्कार  र प्रविधिको माध्यमवाट घटाउने वा पुनः प्रयोग गर्ने वातावरण मिलाउने सिद्धान्त नै थ्रि आर सिद्धान्त हो ।

संक्षेपमा भन्नु पर्दा स्टोरले रोजगारी श्रृजना, पुनः प्रयोगवाट वातावरण संरक्षण, सुपथ मुल्यमा सामाग्री विक्रि गरी गरीवि निवारणमा सहयोग, स्वयंसेवक परिचालन, बालबालिका तथा शिक्षा विकास, महिला सशक्तिकरण र मानवीय सहयोग, अर्गानिक खाद्यपदार्थ उत्पादन तथा वितरण राहत वितरण, पुनःप्रयोग गर्ने संस्कार विकास जस्ता कार्यमा प्रोत्साहन गर्दै आएको छ ।

सहश्राव्दी विकास लक्ष्य र सुखावती स्टोर

सुखावती स्टोरले सहश्राव्दी विकास लक्ष्य प्राप्तीमा समेत सहयोग गरेको छ । खासगरी सहश्राव्दी विकास लक्ष्यको लक्ष्य नं १ गरीविको अन्त का सन्दर्भमा रोजगारी श्रृजना तथा गरीवले किन्न सक्ने गरीवको पहुंचमा रहेको बजारको प्रवन्ध गरि सहयोग पुर्याएको छ । लक्ष्य नं ४ मा रहेको गुणस्तरीय शिक्षाका सन्दर्भमा पिछडिएका क्षेत्रका तथा समस्यामा परेका गरीव  तथा टुहुरा वालवालिकाको शिक्षाका लागि सहयोग गरेको छ । त्यसैगरी लक्ष्य नं ६ स्वच्छ पिउने पानी तथा सरसफाईका क्षेत्रमा स्वच्छ पानीको खपतमा कमि ल्याउन योगदान दिएको छ । उदाहरण्को लागि विभिन्न अनुसन्धानहरुले एकवटा जिन्सको पाईन्ट तयार गर्न करिव २७०० लिटर पानी आवश्यक पर्ने देखाएको छ भने यस क्रममा विभिन्न केमिकलहरु समेत प्रयोग हुने गर्दछ । सुखावतीले अवलम्वन गरेको रियुज अर्थात पुनः प्रयोगको अवसरले स्वच्छ पानीको बचत हुने, प्रदुषित पानी कम हुने भै प्रदुषण न्यूनीकरणमा समेत सहयोग मिल्दछ । सहश्राव्दी विकास लक्ष्यको १३ नं वुंदा जलवायु परिवर्तनको असर न्यूनीकरण सम्बन्धी विषयमा यो संस्थाले थ्रि आर अर्थात रियुज, रिसाईकल र रिड्युस को माध्यमवाट फोहोर मैला व्यवस्थापनका क्षेत्रमा कार्य गरी वातावरण प्रदुषण न्यूनीकरण गर्दै जलवायु परिवर्तनको असर कम गर्न  भूमिका निर्वाह गरेको छ । 

सुखावती स्टोरको भविष्यको योजना ( ५ वर्षे रणनीति)

सुखावती स्टोरले भविष्यका लागि विशेष रणनीतिक कार्ययोजना बनाई अघि वढदै छ ।  सन् २०२२ देखि २०२६ सम्मका लागि तय गरिएको यस्तो कार्ययोजनामा हाल गरि आएका कार्यका अलावा उपत्यका भित्र र वाहिर समेत स्टोर (पसल) विस्तार गर्ने, डोनेशन संकलन केन्द्र थप गर्र्नेे, संघ, प्रदेश तथा स्थानीय सरकार लगायत संभाव्य स्टेकहोल्डरहरुसंग समन्वयात्मक सहकार्य गर्ने, उद्यमशिल सोंच भएका तर आर्थिक अभावका कारण व्यवसाय शुरु गर्न नसकेका गरीव व्यक्तिहरुलाई स साना व्यवसाय (पिट्टी ट्रेड) शुरु गर्न सुन्य व्याजमा ऋण लगानी गरी प्रोत्साहन गर्ने, ग्रामिण क्षेत्रमा अर्गानिक उत्पादन वृद्धि गर्न एवं खेर गै रहेका कृषिजन्य सामाग्रीहरुलाई संकलन प्रशोधन तथा बजारीकरण कार्यमा सहयोग गरि ग्रामिण व्यक्तिहरुको आयआर्जन तथा जीविकोपार्जनमा सहायता गर्ने, सार्वजनिक धुलाई केन्द्र (पव्लीक लन्ड्री) को स्थापना तथा सञ्चालन गर्ने सोंच रहेको छ ।

भनिन्छ विहानीले दिनको संकेत गर्दछ ।  नेपालमा सुखावतीस्टोर र यस्तै केही सामाजीक उद्यमहरुले छोटो समयमै टोल समाज भित्र लुकेर रहेको वा आफ्नै वरीपरि खेर गैरहेका अथाह श्रोत र साधनहरुमध्ये एक सानो अंश मात्रै पहिचान,संकलन तथा बजारीकरण गर्न सक्षम भएको छन् ।  यस भित्र रहेको अथाह संभावनाको सम्बन्धमा आवश्यक अध्ययन अनुसन्धान गरि यथार्थ सूचना, सचेतना तथा संस्कारको विकास गर्न सक्ने हो भने सुखावती स्टोर जस्ता सामाजिक उद्यमले रोजगारी श्रृजना, गरीवि निवारण, महिला शसक्तीकरण, वातावरण संरक्षण लगायत राष्ट्रिय विकासका विविध क्षेत्रमा महत्वपुर्ण योगदान गर्न सक्ने कुरामा सन्देह छैन । यसका लागि नेपालमा सामाजिक उद्यमको स्थापना, संचालन, विकास, विस्तार, नियमन तथा  प्रोत्साहन  सम्बन्धमा सरकारले ठोस नीतिनै तय गरि अगाडि वढन ढिला भै सकेको छ ।

अन्तमा नैतिक दृष्टान्त कवितामा कविशिरोमणि लेखनाथ पौड्यालले भन्नु भएको हरफ स्मरण गर्न चाहान्छु । उहां भन्नुहुन्छ । ू मिलेर काम गर्नाले हुन्छ अत्यन्त फायदा, एकता हेर कस्तो छ मौरीको महमा सदाू । मरुभूमिमा पसिना बगाई हराभरा बनाउन सक्ने, सगरमाथा जस्ता कठिन हिमालहरु सहजै आरोहण गर्न सक्ने  शाहसी, अनुशासित, मिहेनती र कर्तव्यपरायण नेपालीहरु मिलेर सामाजिक उद्यमको क्षेत्रमा अगाडि वढने हो भने आजका सामाजिक समस्या समाधान गर्दै समुन्नत समाज निर्माणमा सघाउ पुग्ने निश्चित छ तर यस्का लागि सरकारले तय गर्ने नीतिगत मार्गदर्शन कोशेढुङ्गा सावित हुनेछ ।

८नेपाली राजदूतावास दक्षिण कोरियाका पुर्व श्रम काउन्सेलर बॉस्तोला हाल सामाजिक सेवाको क्षेत्रमा कृयाशिल छन् ।

email: dilli_lila@yahoo.com

Share the Post:

Related Posts